Scan barcode
A review by nikunjb
खबुज Khabuj by Benyamin
5.0
'खबुज' साह्रै मीठो लाग्यो । लामो समयदेखिको दरिलो उपन्यास पढ्ने धोको खबुजले पूरा गरिदियो । अनुवाद पढेँजस्तो नि नलाग्ने गरी अनुवाद गरेकोमा दिनेश काफ्ले धन्यवाद तथा बधाईका पात्र भएका छन् । अनुवाद अब्बल, उच्चकोटीको छ ।
खबुज नेपालीहरूका लागि नयाँ कथा होइन । यसअघि यी र यस्तै कथाहरु लेखिएका थिए । मेरो सम्झना ठीकै हो भने देवेन्द्र भट्टराईको 'रेगिस्तानको डायरी', पछि जनकराज सापकोटाको 'कहर', उमा सुवेदीको 'तोदा' वा अखण्ड भणडारीको 'मलाया एक्प्रेस' जस्ता पुस्तकले प्रवासी नेपालीका कथा भनिसकेका छन् । हुन त गुरुप्रसाद मैनालीलगायत अन्य धेरैले पहिलेदेखि नै मुगलानियाँ नेपालीका कथालाई ठाउँ दिएका थिए । तर हाल नेपालीको मुगलान फराकिलो भएको छ, र ती नयाँ मुगलानको एक चोटिलो कथा हो- खबुज । कथाको पात्र भारतीय भए पनि त्यो नियतिमा हामीले कुनै नेपाली पात्रलाई टपक्कै राखेर हेर्न मिल्छ । त्यसैले पनि कथा आफ्नै लाग्छ, आफ्नै रामप्रकाश, अलिमियाँ, आइतबहादुर, माइला, र बखतको जस्तो लाग्छ । पात्रलाई यसरी पाठकले अपनत्व लिने गरी प्रयुक्त बनाउनु अनुवादकको ठूलो सफलता हो ।
कामको खोजीमा अरब पुगेको एक भारतीय युवाको मरुभूमिको काम, बाध्यता र यात्राको खबुजको कथा कहीँकतै पनि पट्यार लाग्दैन । एकदमै सरस र सरल वर्णन हुँदा पनि पात्रको संवेदना कति पनि छुटेका छैनन् । कथाका घटनाले पात्रको विवशता, दुःख, पीर, व्यथा, हर्ष, आँसुजस्ता भावना प्रकट गरेका छन् । लेखकले कुनै पनि संवेदनालाई करकाप गर्दै घुसाउन परेको छैन । यो एकदमै सशक्त पक्ष हो, कुनै पनि कथालेखनका लागि । एउटा पात्रलाई त लेखकले नाम नै नदिई 'डरलाग्दो आकृति' मात्रै भनेर पनि बलियोसँग उपस्थित गराएका छन् । यस्ता मिहिन तर महत्त्वपूर्ण पक्षहरुले पात्रको मनोदशा देखाउनका लागि विशेष काम गरेका छन् । र त्यसैले, उपन्यासमा कुनै मरमसलाको आवश्यकता पर्दैन, लेखकको प्रवचनका लागि ठाउँ हुँदैन, लेखकले कुनै पनि नैतिकताको पाठ पढाउनु पर्दैन । धेरै नेपाली लेखकहरुको यो बानी उपन्यास र कथामा मैले पटकपटक पढेँको छु, खबुजमा त्यो नपाउँदा साह्रै आनन्द लाग्छ ।
खबुजको एउटै मात्रै कमजोरी भनेको खबुज आँत नै नभरी सकियो । खान पुगेकै थिएन, अझ भोकै थिए, तर खबुज सकियो । धेरैपछि कुनै पुस्तक नसकिए पनि हुने नि भन्नेसम्म बनाइदिएकोमा लेखक र अनुवादक दुवैलाई साधुवाद ।